सगरमाथा संवादको प्रभावकारितामाथि प्रश्न उठ्यो

२०८२ जेठ १ बिहिबार
सारांश
  • बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् ।

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भोली(शुक्रबार)बाट सुरू हुने सगरमाथा संवादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । 


बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सम्वादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित् भएकाले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका हुन् ।


उनले भने, ‘भोलिबाट सगरमाथा संवाद सुरु हुँदैछ, तर संवाद सुरु नहुँदै कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख वा विदेशमन्त्री कसैको पनि सहभागिता नहुने देखिएको छ । कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, पृथ्वीको भविष्य सुनिश्चितताका लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरणको लागि महान उद्देश्यबाट गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो । तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारीको त कुरा छोडिदिनुहोस, छिमेकी देशका पनि उच्चस्तरको सहभागिता छैन् । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ । तीनसय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै १५० जना सहभागिता हुने भन्ने सुनिएको छ । त्यसमा पनि काठमाडौंस्थित नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागिताहरुको संख्या जोडेर भनिएकाले कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ ।’


साथै उनले  प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको टकराबले गैरआवसीय नेपालीहरुको साझा संस्था एनआरएनए विभाजित गरिएको भन्दै आलोचना गरे ।


उनले भने,‘एनआरएनएको एउटा समूहलाई प्रधानमन्त्रीले च्यापेर हिँडिरहनुभएको छ, अर्को समूहलाई परराष्ट्रमन्त्रीले च्यापेर हिँड्नुभएको छ । तपाईंहरु कुर्सीमा बस्दा मिलेर बस्ने, मिलेर देशलाई लिड गर्नुभएको छ कि लुट्नुभएको छ, त्यो गर्ने ? तर एनआरएनएलाई तपाईंहरुले दुई चिरा बनाइदिनुभयो । विदेशमा भएका नेपालीहरुलाई विभाजित गरिदिने र उनीहरुलाई दुःखी बनाउने, अनि तपाईंहरु मजाले कुर्सीमा बसेर मजाले एकताबद्ध छौं भनेर देखाइरहने ? यदि तपाइहरुमा मेल छैन भने दुनियाँलाई बताउनुहोस । यदी मेल छ भने एनआरएनए किन फुटाउनुभयो भनेर प्रश्न गर्न चाहन्छु । अभिभावकीय भूमिका हुनुपर्दैन ? जोड्ने हो कि फोड्ने ? ’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार